११ बैशाख २०८२, बिहीबार

खाद्यले सहकारीमार्फत चामल बिक्री गर्ने
  • न्युज मानसराेवर

रुकुमपूर्व\ रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ ।

सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

रुकुमपूर्व जिल्लाको रुकुमकोटमा गत असोजमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा सञ्चालनमा ल्याइएको हो । यसअघि शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आर्थिक वर्षमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech