बाँके\नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटिर ३ रुपैयाँ बढाएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ । निगमले माघ १८ गते भारतीय आयल निगमबाट पेट्रोलमा ८.०१, डिजेलमा ७.९८ रुपैयाँ र मट्टितेलमा ४.६१ रुपैयाँ मूल्यवृद्धि भएर आएको जनाएको छ ।
यससँगै अनुमानित नोक्सानीलाई मध्यनजर गर्दै निगम व्यवस्थापनको बैठकले सविकको मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।