७ बैशाख २०८२, आईतवार

गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजकाे जोड
  • न्युज मानसराेवर

बाँके\नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन।

प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र हुन थालेको बताउदै उक्त धारणा राखेका हुन ।देश र जनताको पक्षमा उभिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले पत्रकार जगतले न्याय र समानताको पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबैको प्रमुख दायित्व रहेको बताए ।

प्रेस सेन्टर, बाँकेले क्रान्तिकारी पत्रकारिता पुरस्कार डक्ट धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार आलम खान र कल्पना शाहीलाई प्रदान गरेको थियो ।यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर योगदान दिएकाले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, नेपालगन्ज उपमहानगरका उपप्रमुख प्रशान्त विष्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्यत्रय आईपी खरेल, पार्वती पुन र नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरी प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा जिल्ला अध्यक्षमा राजेश आचार्य सर्वसहमति चयन भएका छन। आचार्यको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति चयन गरिएको हो । भने अन्य ४ जना मनोनित गरिने बताइएको छ ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech