२६ जेष्ठ २०८२, आईतवार

प्रजातन्त्र दिवसमा सिमामा सरसफाइ
  • न्युज मानसराेवर

बाँके\प्रजातन्त्र दिवसको अवसरमा नेपाल(भारत सीमाक्षेत्रको जमुनाह नाकामा सरसफाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन ।

नगर प्रमुख विष्टले भने  , “प्रजातन्त्र दिवसको अवसर पारेर साङ्केतिक रूपमा सरसफाइ अभियान थालिएको हो, नगरलाई सफा र स्वच्छ राख्न सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने छ ।” उहाँले विदेशी पर्यटकहरू भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाइ अभियानको सुरुवात गरिएको बताएका हुन।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको र सरसफाइ अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपालगञ्जमा भारतीय पर्यटक आउने क्रम बढ्न थालेको भन्दै उनले सरसफाइ नै पर्यटकको आकर्षणका लागि पहिलो आवश्यकता भएको बताए ।

सरसफाइ कार्यक्रममा प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाइ अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाइकर्मी लगायतको उपस्थिति थियो ।

नगर उपप्रमुख कमरुद्धिन राईले नेपालगञ्जलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको भएको बताउँदै नागरिकमा व्यवहार परिवर्तन पनि आवश्यक रहेको बताए ।

क्लिन नेपालगञ्ज-ग्रिन नेपालगञ्जका अभियन्ता डा.कर्णले आफूहरूले साप्ताहिकरुपमा अघि बढाएको सरसफाइ अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेको बताउँदै अब नेपालगञ्ज उपमहानगरपालिकासँग सधैँ हातेमालो र सहकार्य गर्न तत्पर रहने  बताएका छन।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech