१२ असार २०८२, बिहीबार

आज पशुपति शर्माले तताए कोहलपुर महोत्सव
  • न्युज मानसराेवर

कोहलपुर\ फागुन पाँच गतेदेखि कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव २०७९ चलिरहेको छ । महोत्सको चौथो दिन गयिका ज्योति मगर,गायक पशुपति शर्मा, सुबोध गौतम (अदुमे) डान्सर रुबिना अधिकारीले धमकेदार प्रस्तुती दिए ।

महोत्सवमा अहिलेसम्म हालसम्म १ करोड २० लाख कारोबार भएको छ । भने २४ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको पाँचौं दिन राम जि खाँड, टंक तिमिल्सेना, सुप्रिम मल्ल लगायतका कलाकार आउने भएका छन् ।

त्यसै गरी कोहलपुरमा  लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ (आज) चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको चौथो दिन कूल ८ हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् ।

उनका अनुसार चौथो दिन कूल ६ हजार टिकट बिक्रि भएको छ । दोस्रो दिन भने पाँच हजार टिकट बिक्रि भएको थियो ।

तेस्रो दिन ९ हजार टिकट बिक्रि भएको थियो । यस्तो तेस्रो दिन महोत्सवको कारोबारसमेत समेत बढेकोमा चौथो दिन भने ओरालो लागेको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार चौथो दिन महोत्सवमा कूल ३५ लाख कारोबार भएको छ । तेस्रो दिन ५५ लाख र दोस्रो दिन ३० लाख कारोबार भएको थियो । ‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ ।

दर्शकहरुको संख्यापनि बढिरहेको छ । अन्य निर्माणका कामपनि सकिएका छन् । अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ ।’ उनले भने । उनले केही अपुग रहेका संरचनासमेत निर्माण सम्पन्न भएकोले चौथो दिनबाट अझै बढि दर्शकको उपस्थिति रहने र कारोबारसमेत बढ्ने अपेक्षा रहेको बताए ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech