संघका अध्यक्ष लक्ष्मणराज पौडेलद्धारा जारी विज्ञप्तिमा स्थानीय सरकारले सिर्जना गरेको प्रतिकूलताका कारण महोत्सव समापन गर्न बाध्य भएको उल्लेख गरिएको छ । ‘ व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि आयोजना गरिएको महोत्सव महोत्सव स्थानीय सरकारले प्रतिकूल हुनेगरी निर्णय सकारात्मक छैन । महोत्सवलाई पूर्ण रुपमा असहयोग गरियो ।
स्थानीय सरकारको यस्तो कार्य सम्पादनप्रति उद्योग व्यवसायी मात्र नभएर नगरबासी मर्माहत भएका छन् ,’ उक्त विज्ञप्तिमा भनिएको छ । स्थानीय सरकार समग्र उद्योगी व्यवसायीरुको हकहितमा कति संवेदनशिल रहेछ भन्ने पनि कोहलपुर नगरपालिकाको कार्यशैली पदीय जिम्मेवारीको चरम दुरुपयोगबाट प्रष्ट भएको छ । यस्तै स्थानीय सरकारको त्रुटीगत निर्णयका कारण महोत्सवबाट संकलित आम्दानीबाट संघको बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ति हुन नसक्ने अवस्था आएको अध्यक्ष पौडेलले बताएका छन् ।
आम दर्शक तथा अवलोकनकर्ताहरुबाट समेत महोत्सव समय अवधि थप गर्नुपर्ने सुझावको समेत पूर्ण अटेर गरिएको पौडेलले बताए । यसैगरी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघको अनुरोधलाई व्यवस्ता गरी गैर जिम्मेवारपूर्ण तरिकाबाट स्थानीय सरकारको पूर्वाग्राही ढंगबाट गरेको निर्णयप्रति खेद प्रकट गर्दै यस पछिका दिनमा आम उद्योगी, व्यवसायी एंव नागरिकस्तरबाट हुन सक्ने विषम परिस्थितिको जिम्मेवारी पनि नगर प्रमुख एंव स्थानीय सरकारले लिनुपर्ने ध्यानाकर्षण गराइएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ सञ्चालन गरिएको महोत्सवको समय थप गर्ने प्रस्ताव नगरपालिकाले अस्वीकार गरेको थियो । आयोजक उद्योग वाणिज्य संघले फागुन १० गते महोत्सव आगामी फागुन १७ गतेसम्म समय थप गर्नको लागि अनुमति मागेको थियो ।
कोहलपुर नगरपालिका मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९, मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा फागुन ११ गते बसेको बैठकले मेलाको समय थप गर्ने निर्णय गरेको हो ।
मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष,सदस्यहरु, जनप्रतिनिधि र सुरक्षाकर्मी सम्मिलित बैठक गरेको निर्णयमा भनिएको छ।
,‘कोहलपुर उद्योग वाणिज्य संघको फागुन १० गतेको च.न.७८ को पत्रद्धारा फागुन ५ गतेदेखि १३ गतेसम्म सञ्चालित लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरको समयसीमा फागुन १७ गतेसम्म थप अनुमतिको लागि माग भइ आएकोमा उक्त महोत्सवको म्याद पूर्व अनुमति समयसिमा भन्दा बढी थप नगर्ने निर्णय गरियो ।’
त्यसै गरी कोहलपुर उद्योग बाणिज्य संघले संचालन गरेको लुम्बिनी प्रादेशिक महोत्सव थप समयअवधि थप नगरेको प्रति बाणिज्य संघ कोहलपुरका अध्यक्ष तथा महोसत्व संयोजक लक्ष्मणराज पौडेलले जारी गरेको विज्ञप्तीको प्रतिउत्तर दिदै कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले विज्ञप्ती प्रति कुनै प्रतिक्रिया नरहेको बताएका छन। आचार्यले कुनै प्रतिक्रिया दिने खालको विज्ञप्ती नरहेका कारण यसमा कुनै जवाफ छैन उनले भनेका छन।