बाँके\नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।