बाँके\नेपाल ट्रेडयुनियन महासंघ ९जिफन्ट०ले एकसय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यो वर्ष बाँके बाँके स्थित नेपालगञ्जमा श्रमिक महिलासँग मनाएको छ । दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईममा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
नेपालगन्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक महिलाको हक अधिकारवारे जानकारी गराउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिएका छन।
उनका अनुसार , दिवसको अवसर पारेर नेपालगन्जमा एक सय बढि श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका वारेमा परामर्श गरिएको छ ।
जिफन्टका प्रदेश सदस्य तथा बाँके इन्चार्ज सुमन गिरीको नेतृत्वमा स्वास्थ्यकर्मीले श्रमिक महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । जिफन्ट बाँकेका अध्यक्ष कृष्ण बुढाको अध्यक्षणमा भएको कार्यक्रमको सञ्चालन सचिव विकास पाठकले गरेका थिए ।