१२ बैशाख २०८२, शुक्रबार

७.८८ प्रतिशत पुग्यो महँगी
  • न्युज मानसराेवर

बाँके\ माघ महीनामा वार्षिक बिन्दुगत उपभोक्ता महँगी ७.८८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही महीनामा यस्तो महँगी ६.२४ प्रतिशत रहेको थियो । यो  महीनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महीनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महँगी रहेको छ । २०७८ माघ महीनामा यी क्षेत्रहरूमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत महँगी रहेको थियो ।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech