७ बैशाख २०८२, आईतवार

सम्पन्न गरियो गाभर भ्यालीमा क्रससन्ट्री ओलम्पिक खेल
  • न्युज मानसराेवर

बैजनाथ \बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १स्थित गाभर भ्यालीमा क्रससन्ट्री ओलम्पिक विधाका खेल सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेश स्तरीय खेलमा महिला सहभागी ६ जना पुरुष १३ जनागरी जम्मा १९ जना खेलाडीहरुको सहभागी रहेको थियो ।

४.५ किलो मिटरको दुरी भएको ट्रेलम ाभएको प्रतियोगितामा महिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपा थारु प्रथम स्थान, १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धीतीय स्थान तथा १ घण्टा २ मिनेट २ सेकेण्डमा रिमा थारु तृतीय स्थान लिन सफल भए।
त्यसैगर सोही रुटमा निर्धारित ३ ल्याप५२ मिनेट २७ सेकेण्डमा पारगर्र्दै जङगु थारु प्रथम स्थान, ५३ मिनेट २७ सेकेण्डमा देव बहादुर बोहोरा द्धीतीय स्थान, ५६ मिनेट ३२ सेकेण्डमा शिव प्रसाद थारु तृतीय स्थानलिन सफलभएका छन् ।

बिजयी खेलाडीहरुले नगद, मेडल तथा प्रमाण पत्रप्राप्त गरेका छन् । खेलमा बैजनाथगाउँपालिकाकाअध्यक्षप्रकाशशाहीज्यूले झण्डा उचालेर प्रतियोगिताको शुरुवात गर्नु भएको थियो ।त्यसैगरी बिजयी खेलाडीहरुलाई पुरुस्कार सहित प्रमाण पत्र बैजनाथगाउँपालिका वडा १ का वडा अध्यक्ष रुप बहादुर मल्लल गाएत अतिथितिहरुले वितरण गरेका थिए ।

बाँके जिल्ला साईक्लिङ संघको आयोजना तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोगमा गाभर भ्यालीममा भएको यस प्रतियोगितामा प्रदेश खेलकुद परिषद लुम्बिनी, जिल्ला खेलकुद विकास समिति बाँके, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका,डुडुवा गाउँपालिका, जुवलोजिकल सोसाईटी अफलण्डन (जेड एस एल),पर्यटन विकास परिषद रुपन्देही,ओम एडभरटाईजिङ नेपालगञ्ज,केटिएम सिटी, कौशिल्या अस्पताल कोहलपुर, बैजनाथ पालिका स्तरीय साईक्लिङ संघ,नेपालगञ्ज साईक्लिङ क्लव, रारा राधा रानीमहिलामध्यवर्ती सामुदायिकवनउपभोक्ता समिति,गाभर भ्याली सामुदायिकहोमस्टे, नाटा बाँके गाएतको सहकार्य रहेको थियो

  • ११ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech