बाँके\‘सहकारीको दिगोपन स् स्वनियमन र सुशासन’ मूल नारासहित ६६ औँ राष्ट्रिय सहकारी दिवसको पूर्व सन्धयामा बाँकेमा विविध कार्यक्रम गरी मनाइएको छ। जिल्ला सहकारी संघ बाँके , जिल्ला कृषि संघको आयोजनामा संचालित सप्ताह ब्यापी कार्यक्रमको पूर्व सन्धयामा बैजनाथ गाउँपालिकामा सहकारीकर्मीहरुले र्याली निकालेका छन।
कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहले स्थानीय सहकारीहरुले आफ्नो लक्ष्य र उदेश्य अनुसार त्यो भन्दा पनि बढी उत्पादनका क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै समृद्ध बैजनाथ निमार्णमा योगदान गरिरहेको बताएका छन।
शाहिले पछिल्लो समयमा सहकारीमा समेत देखा परेको आर्थिक संकट उत्पादन र उत्पादित बस्तुको बजारीकरणले आर्थिक संकट निमूल हुने विश्वास समेत व्यक्त गरे । हरेक सहकारीले अनिवार्य रुपमा मासिक प्रगति प्रतिबेदन गाउपालिका सहकारी शाखामा पठाउनु पर्ने बताउदै बैजानाथमा भएका ५३ वटा सहकारीहरु जुन सहकारीले सहकारी नीति नियम विधि प्रक्रियामा टेकेर काम गरेको छ त्यस्तो सहकारीलाई स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन।
कार्यक्रममा नेपाल सहकारी संघका केन्द्रिय सदस्य देब बहादुर केसीले केही सहकारिका कारण अहिले समग्र सहकारीमा आएको अबस्थालाई संयमता पुर्बक समस्या समाधान पार्न तर्फ ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन।विधि नीति प्रबिधीमा आधारित रहेर काम गर्न आवश्यक रहेको समेत बताएका छन। त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले स्थानीय सहकारीहरुले संकटको सामना मिलेर स्थानीय उत्पादनका क्षेत्रमा बृद्धि गर्दै ,समुदायमा विश्वासको वातावरण निमार्ण गर्न आवश्यक रहेको बताएका छन।
सुवेदीले आन्तरिक प्रशासनलाई सुशासन,समुदाय तथा सहकारीहरुको लाभमा निहित उत्पादन र विक्रि वितरण गर्न आवश्यक रहको औल्याए । सुवेदीले सहकारीहरुले नियमित बैठक कार्य सम्पादन प्रणालीमा सुधार संचालक समितिहरुको सक्रियता, आवश्यक रहेको समेत उल्लेख गरेका छन।
गाउँपालिकाका सहकारी कर्मीहरुको सहभागीता र्याली समेत निकालिएको थियो । कार्यक्रममा जिल्ला कृषि सघ बाँकेका अध्यक्ष एकता शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया ,वडा अध्यक्ष पालिका स्तरीय सहकारी संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेको पाइएको छ ।