११ बैशाख २०८२, बिहीबार

भारु बलियो बन्दा घट्यो डलरको मूल्य
  • न्युज मानसराेवर

बाँके\भारतीय रुपैयाँ (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर यथावत् राखेको घोषणापछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो ।

उक्त घोषणाअघि एक समय ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य पछि घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो । भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो ।

भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । जसका कारण नेपालमा डलरको मूल्य घटेको छ । बिहीवार बिहानको तुलनामा एभरेष्ट बैंकले डलरको घटाएको छ । एभरेष्ट बैंकले कारोबार शुरु हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्री दर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको छ । एभरेष्टले कारोबार शुरु हुँदा डलरको विक्री दर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

सनराइज बैंकले भने बिहीवारको कारोबार शुरु हुँदाको तुलनामा डलरको विक्री दर बढाएको छ । बिहीवारको कारोबार शुरु हुँदा १३१ रुपैयाँ ३० पैसामा कारोबार गरेको सनराइजले दिउँसो १० पैसा बढाएर १३१ रुपैयाँ ४० पैसा तोकेको छ । अन्य बैंकहरूमा भने डलरको विक्री दर यथावत् छ ।

नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ५१ तोकेको थियो ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech