बाँके\बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले बाँकेको नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरुमा अन्तरक्रिया गरेका छन।
गृह जिल्ला आएको सांसद ढकालले बाँकेको नरैनापुर गाउँपालिका वडा नं.१,२ का नागरिकहरुसँग अन्तरक्रिया गरेका हुन। स्थानीय स्तरमा रहेका समस्या समाधान गर्न चाल्नु पर्ने कदम तथा योजनाहरु बारे अन्तरक्रियामा आम नागरिकहरुले सांसद ढकाललाई सुझाव समेत दिएका छन।
नरैनापुर गाउँपालिका वडा नं.१ र २ मा मुख्य रुपमा ८१ वटा पिल्लर मर्मत सम्भार गर्नाका लागि भारत सरकारसँग तत्काल समन्वय र सहकार्य गर्नु पर्ने उनीहरुले धारणा राखेका छन।
त्यसै गरी नरैनापुर इलाका प्रहरी चौकीमा प्रहरी दरबन्दी अनुसारको व्यवस्थापन गर्नु तथा प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालय बनाउनु पर्ने माग समेत राखेका छन। सांसद ढकालले राप्ती नदीबाट हुने क्षतिलाई न्यूनिकरण गर्नाका लागि आवश्यक समन्वय गरेका छन। उनले सम्बन्धीत क्षेत्रका आम नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका छन ।
त्यसै गरी ढकालले आगलागि पिडितहरुसँग भेटघाट गरेका छन। आमलागि पिडितहरुले आवश्यक कागजजातहरु नष्ट भएका कारण घर निमार्णका लागि आवश्यक सहयोग तथा समन्वय गर्न माग गरिएको नेकपा एमाले जिल्ला सदस्य माधव पौडेलले जानकारी गराएका छन।
नरैनापुर गाउँपालिका खानेपानी तथा सिचाई व्यवस्थापन गर्नका लागि आवश्यक पहल गर्न आम नागरिकहरुले आग्रह समेत गरेका छन। पौडेलले भने । त्यसै गरी गाउँपालिकाले संचालन गर्ने विकास निमार्णमा समेत विभेद गरेको आम नागरिकहरुले आपरो लगाएका छन।
उक्त अन्तरक्रियामा बोल्दै सांसद ढकालले पार्टी सरकारमा नरहेतापनि नरैनापुरको विमास र समृद्धीका लागि प्रत्येक मन्त्रालयहरुमा योजनाहरु माग गरिएको बताए ।
उनले सरकार वा प्रतिपक्ष जहाँ रहेतापनि यहाँका समस्याहरु समाधान गर्न संसदमा निरन्तर खबरदारी गरिरहेको बताएका छन। ढकालले नेकपा एमाले सरकार वा प्रतिपक्षमा जहाँ रहेतापनि बाँकेको विकास र समृद्धीका लागि निरन्तरता दिने बताए ।
उनले निर्वाचमा गरिएका सम्पूर्ण बाचाहरु पुरा गर्न आफु मुख्य रुपमा प्रतिवद्ध रहेको समेत बताएका छन। उनले हाल विभिन्न मन्त्रालयहरुमा यहाँका नरैनापुरको समृद्धी र विकासका लागि आवश्यक योजनाहरु समेत माग गरिएको बताएका छन।
त्यसै गरी उक्त अन्तरक्रियामा नेकपा एमाले युवा नेता तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा ,जिल्ला कमिटी सदस्यहरु पालिका कमिटी पदाधिकारी ,सदस्य लगाएतको सहभागिता रहेको थियो ।