१२ मंसिर २०८१, बुधबार

बाँकेमा एमालेको पुस्तकालय नियमित गरिने
  • न्युज मानसराेवर

बाँके\बाँके स्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालय ब्यवस्थित गरिने भएको छ ।

मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ ।

कार्य समितिका सदस्यहरुलाई कार्य विभाजन समेत गरिएको छ । बैठकले हरेक साता दुई घण्टा विभिन्न विषयमा प्रशिक्षणत्मक कक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको सचिव किशोर थापाले जानकारी दिए ।

बैठकले पुस्तकालयका आवश्यक पुस्तक लगायतको सहयोगका लागि आग्रह समेत गरेको छ । आगामी शनिबार दर्शन र सरकारको नीति तथा कार्यक्रममा केन्द्रीत भई प्रशिक्षण सञ्चालन गरिने छ । अध्यक्ष भुसालले पुस्तकालयका लागि विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।

  • ६ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech