बाँके बैजनाथ । बैजनाथ गाउँपालिका शिक्षा शाखाको आयोजनामा चार दिने लेखा तथा कप्यूटर तालिम उद्घाटन गरिएको छ ।
आतबार बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले व्यानर वाचन गर्दै चार दिने तालिमको उद्घाटन गरे ।
आधारभूत र माध्यमिक तहका सामुदायिक विद्यालयका प्रअ हरुको तालिमले क्षमता विकास हुने विश्वास लिइएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कार्यक्रमकाे शुभकामना व्यक्त गर्दै समय अनुरुप शिक्षण विध शिकाईमा रुपान्तरण हुन आवश्यक रहेको सहभागि आधारभूत माध्यमिक तहका विद्यालयका शिक्षक शिक्षिकाहरुलाई उनले भने ।
रुचालले लेखा प्रणाली सबै सामुदायिक विद्यालयहरुको एकै विधि अवलम्बन हुन आवश्यक रहेको बताउदै तालिमले यहाँहरुका शिकाइमा सहजीकरण हुने गाउँपालिकाले विश्वास लिएकाे बताए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले समय अनुकूल सिकाई सबैमा हुन आवश्यक रहेको बताउदै तालिमको शुभकामना व्यक्त गरिन् ।
यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले यस्ता खालका तालिमहरु माध्यामिक तह हरुमा गरिने जानकारी गराए ।
उनले सामुदायिक विद्यालयहरुका सबै गतिविधिहरु एक द्रार प्रणाली हुन आवश्यक रहेको औल्याए । उनले शिक्षहरुमा बद्लिदो शिक्षण विधिहरु सबैले अनुशरण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बैजनाथ शिक्षा शाखा प्रमुख विश्व राज ढकालले सहभागिता तथा अथितिहरुलाई स्वागत गरेका थिए भने शिक्षा शाखा प्राविधिकलाल बहादुर बहोराले कार्यक्रमको संञ्चालन गरेका थिए ।