१२ मंसिर २०८१, बुधबार

‘राजाको छोरा’को बिहेमा गाउँपालिकाले दियो बिदा
  • न्युज मानसराेवर

बाँके\मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते राजाको छोराको बिवाह परेको भन्दै सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोराको विवाहको अवसरमा गाउँपालिकाले बिदा दिएको हो।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष न्हर्वु गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech