३० बैशाख २०८२, मंगलवार

सहकारीको समस्या समाधानार्थ सहकारी संघको डेलीगेसन
  • न्युज मानसराेवर

बाँके\सहकारीको समस्या समाधानार्थ आज जिल्ला सहकारी संघ बाँकेको नेतृत्वमा कोहलपुरका विभिन्न सहकारीका पदाधिकारीको सहभागीतामा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई सुचना प्रकाशन गरीदिनको लागी नमुना पत्र सहित जिल्ला संघ अध्यक्ष सहितको टोलीले पत्र बुझाएको छ ।

देशै भरी देखीएका विद्यमान सहकारीका समस्या समाधानार्थ बिभिन्न जिल्लाका स्थानीय पालीका, प्रदेश र संघ समेतले सहकारीको कर्जा लिई कर्जा नतिर्ने ऋणी सदस्यलाई समयमै कर्जा तिर्न र नतिरे सरकारले दिने सेवा सुविधा बाट बञ्चीत गराई कानुनी कारबाही गरीने ब्यहोरा सहित सुचना जारी गरेका छन् । यसै कार्यको निरन्तरता बाँकेको खजुरा गाउँपालीकाले समेत गरेको छ भने नेपालगंज, राप्तीसोनारी सुचना जारी गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।

सहकारीका सदस्यको परिश्रमले आर्जित बचत रकम जम्मा गरी सहकारी मार्फत सदस्यहरुलाई लगानी गरीएको कर्जा नतिर्ने अराजक तथा स्वार्थ बोकेका समुहले आर्थिक संकटको फाईदा उठाउँदै बित्तिय कारोबार गर्ने सहकारी संघ संस्था माथी प्रहार गरी सहकारी सम्बन्धी गलत तथ्य प्रस्तुत गरी भ्रम सिर्जना गर्ने, समाजलाई अराजकता र अनुशासन हिनता तिर लैजाने कार्य कदापी मान्य नहुने भएकोले यस्ता कार्यको प्रोत्साहन गर्ने ऋण नतिर्ने कानुनतः दण्डित हुनु पर्ने पत्रमा उल्लेख गरीएको छ ।

स्थानीय तहमा दर्ता भएका पालीका क्षेत्राधिकार भित्र पर्ने सहकारीले नगरपालीकामा आर्थिक विवरण बुझाउने र नगरपालीकामा सुचिकरण नभएकाले सुचिकरण गर्नपर्ने कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बताए ।

सहकारीहरु सबैले निति नियम भित्र रहेर सेवा प्रवाह गर्न पर्ने नगरेका पाईएमा संस्था कारबाहीको भागीदार हुने र सहकारीको ऋण लिएर नतिरेमा सदस्यपनि सोही बमोजीम कानुनी कारबाहीको दायरामा हुने समेत बताएका छन ।  बर्तमान परिस्थीतीमा केही सहकारीमा बेथीती देखीएको छ जसको असर सम्पुर्ण सहकारी क्षेत्रमा परेको छ ।

सहकारी ऐन, सहकारी मर्म र मान्यताका आधारमा चलेका धेरै सहकारी छन् जसले समाजमा रोजगार सिर्जना गरेको छ स्वरोजगार र उद्यमशिल बनाएको छ । निति नियम बिरुद्ध संचालन भएका सहकारीको छानबिन गरी कारबाही समेत भएको छ सोही कार्य कोहलपुर नगरपालीका बाट पनि हुने बिश्वास रहेको एक सहकारी कर्मीले बताए

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech