२७ फाल्गुन २०८१, मंगलवार

एमाले अध्यक्ष ओली आज बाँकेमा आउदै
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका लागि एमाले अध्यक्ष केपी ओली बाँकेको नेपालगन्ज जाने भएका छन् ।

लुम्बिनीबाट संघ,प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सामुहिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।एमाले अध्यक्ष ओली ११ बजे कार्यक्रममा पुग्ने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले साउन १३ र १४ गते चल्ने यो प्रशिक्षणमा ५ सय जना सहभागी हुने जनाए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अपनाउनुपर्ने रणनीति र आगामी योजनाका विषयमा प्रशिक्षण केन्द्रित हुने उनले बताए ।

  • १३ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech