११ मंसिर २०८१, मंगलवार

एमाले लुम्बिनीको पहिलो बैठकः १२ वटै जिल्लाको अधिवेशन पुसभित्र गर्ने निर्णय
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको अधिवेशन पुसभित्र गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले रुकुमपूर्वको मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने निर्णय गरेको हो ।

भदौ १६ गते प्रदेश कमिटीको अधिवेशनबाट आएको नयाँ नेतृत्वको पहिलो पूर्ण बैठक बिहीबार बसेको हो । कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् ।
उनले अधिवेशनमा प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिइन् ।

‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वभाविक हो भन्ने वातावरण गराउने हो, विधानको प्रयोग गराउनुस् । व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसँग विधान, र नियमावलीका दस्तावेज हुनुपर्‍यो’, अर्यालले भनिन् ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech