बाँके\लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासि आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन। राप्ती राजमागअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय जाने क्रममा गाडी दुर्घटनामा परेको थियो ।
गाडी दुर्घटनामा परेपनि कसैलाई चोट नलागेको प्रहरीले जानकारी दिएको छ । गाडीमा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर वंशी मगरलगायतका रहेका थिए ।











