११ जेष्ठ २०८३, सोमबार

अख्तियारले लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई बुझायो प्रतिवेदन
  • न्युज मानसराेवर

बाँके\अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा आर्थिक वर्ष २०७९र०८० मा एक हजार ५२३ उजुरी दर्ता भएका छन् । जसमा अधिकांश स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहमा भएका बेथितिसम्बन्धी १ हजार ३३ उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९।१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फर्छ्योट भएको आयोगले जनाएको छ ।

त्यसमध्ये २४५ उजुरी आवश्यक कानूनी कारबाहीका पठाइएका छन् भने २३२ अन्य मुद्दामा गाभिएको आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले बताए । आयोगमा स्थानीय तहको संघीय मामिलामा ७६३ र स्थानीय तहको शिक्षामा २७० उजुरी परेका छन् ।

तीमध्ये ३१४ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन् । अख्तियारले वर्षभरि हेरेका उजुरी, उजुरीका प्रकृति र अख्तियार दुरुपयोगविरुद्ध गरिनुपर्ने कार्यसहितको प्रतिवेदन बुधबार लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई बुझाएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै अख्तियार कार्यालय बुटवलका प्रमुख पाण्डेयले आयोगले संविधानले दिएको अधिकार प्रयोग गरी तदारुकताका साथ काम गरिरहेको बताए ।

अख्तियार बुटवलले गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान हेर्ने गर्छ ।

  • २४ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech