कोहलपुर \गोर्खा व्वाईजलाई ३-० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले हाफ टाइम अघि गोल गरेर खाता खोलेका थिए ।
त्यसपछि विशाल बस्नेतले र आरुज सिंहले हाफ टाइम पछि १-१ गोल गर्दै टिमलाई जिताएका हुन् । खेलमा चर्च व्वाईजका खेलाडी विशाल बस्नेत म्यान अफ द म्याच घोषित भए ।
म्यान अफ दा म्याच घोषित सँगै उनलाई नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा भोली शनिबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन बीच खेल हुने खेल संयोजक राम बहादुर मल्लले जानकारी गराएका छन। तस्विरः संजय मण्डल