कोहलपुर\बाँकेको कोहलपुर नगरपालिकामा उपभोक्ता हित संरक्षण मन्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एव सामाजिक अभियान्ता बिष्णु प्रसाद बेल्बासे चयन गरिएका छन। मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरिको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाइ अध्यक्षमा सर्बसमत चयन गरेको हो।
सात सदस्यीय समितिको उपाध्यक्षमा रेडियो मिसनका स्टेशन म्यानेजर बैकुण्ठ अधिकारी, सचिबमा युथ मिडिया हबका निर्देशक हुमहरी भट्टराई , सह सचिवमा शरला सुवेदी, कोषअध्यक्षमा प्रतिमा कडेल र सदस्यमा ब्राइटलाइट एकेडेमीका सस्थापक गोबिन्द चौधरी र शिक्षक केशवराज रिजाल चुनिएका छन।
कार्यक्रमका प्रमुख अतिथी उपभोक्त हित संरक्षण मन्च लुम्बिनी प्रदेश उपाध्यक्ष ठकुरिले भेलालाई सम्बोधन गर्दै बजार बाट उपभोक्ताहरु ठगिन र अखाद्य बस्तु बिक्रीवितरणमा रोक लगाउनका लागि नगरपालिकाको समन्वयमा काम गर्नु पर्ने बताए ।
नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद बेल्वासेले जन सरोकारका बिषयमा अनुगमन गर्दै आम उपभोक्ताहरुलाई सचेत गराउने र उपभोक्ताका हर सवालमा आवाज अठाउने बताएका छन।
उनले बजारमा देखिएका बेथिती र बिक्रितीलाई न्युनिकरण गर्न उपभोक्त हित संरक्षण मन्च कोहलपुर सदैव क्रियाशिल रहने समेत बताएका छन।