१० बैशाख २०८२, बुधबार

बाँकेमा औद्योगिक महोत्सव माघ २६ देखि
  • न्युज मानसराेवर

बाँके\नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव –२०८० आयोजना गर्ने निर्णय गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले कोरोनाकाल यता नेपालगन्जमा सङ्घले महोत्सव गर्न नसकेको जनाउँदै यस वर्ष भव्य महोत्सवको आयोजना गर्ने योजना रहेको जानकारी गराएका छन।

  • ९ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech