११ मंसिर २०८१, मंगलवार

काँग्रेस उपनिर्वाचन : प्रदेश सभा-१ (ख) मा चौधरी र कोहलपुरमा सापकोटा निर्वाचित
  • न्युज मानसराेवर

बाँके\बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा-१ (ख) र कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसको रिक्त रहेको उपसभापति पदलाई पुर्ति गरिएको छ । प्रदेश सभा १ (ख) को उपसभापतिमा जागेश्वर चौधरी निर्विरोध निर्वाचित भएका छन् । यसअघिका उपसभापति डा. राजकुमार सुवेदीले पार्टी छाडेपछि उक्त पद रिक्त अवस्थामा रहेको थियो ।

उक्त पदका लागि चौधरी बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि नेपाली काँग्रेस निर्वाचन समितिले उनलाई उपसभापतिमा विजयी भएको घोषणा गरेको हो । यस्तै कोहलपुर नगरपालिकाको उपसभापतिमा ऋषि सापकोटा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी युवक ओलीलाई ६ मतको अन्तरले पराजित गरेका छन् । निर्वाचित सापकोटाले १ सय २२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ओलीले १ सय १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार अर्का प्रतिस्पर्धी चेतकान्त भट्टराईले ३९ मत प्राप्त गरेका छन् ।

सापकोटा यसअघि काँग्रेसको जिल्ला कार्यसमिति सदस्य पदमा पराजित भएका थिए । यस्तै भट्टराई यसअघि भएको निर्वाचनमा कोहलपुर नगर उपसभापति पदमा पराजित भएका थिए । उक्त निर्वाचनमा उपसभापति पदमा निर्वाचित भएका सुशिल सापकोटा विदेश गएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech