११ मंसिर २०८१, मंगलवार

‘टीआरसी’ लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच समझदारीः महासचिव गुरुङ
  • न्युज मानसराेवर

कोहलपुर \नेकपा (माओवादी केन्द्र) का महासचिवमा देव गुरुङले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन। गुरुङले  धर्मको नाममा अराजकतत्वहरुले देशमा अशान्ति फैलाउन खोजेको आरोप समेत लगाए।

कोहलपुरमा पत्रकारहरुसँग महासचिवमा  गुरुङले डेट एक्सपायर विषयको कुनै तर्क गर्न आवश्यक नरहेको समेत उल्लेख गरेका हुन। उनले पछिल्लो समय पैचानबादीका नाममा देशलाई अशान्ति बनाउने रणनिति कहिले पुरा नहुने समेत बताएका छन ।

उनले यही व्यवस्थालाई समाजवादी यात्रामा रुपान्तरण गर्न सरकारले सुशासन र जवाफदेहीता अनुसरण गर्दे समाजवादी यात्राका निम्ति पूर्वाधार निमार्णमा केन्द्रित रहेको बताए । उनले प्रदेशका अधिकार सुनिश्चित गर्ने बताउदै त्यसका निम्ति संघिय संसदमा कानून निमार्ण गर्न आवश्यक रहेको बताए ।

उनले भने पहिला कानून निमार्णमा गर्न अहिले संसदले सबै दलको भावना अनुरुप काम गर्नु पर्ने बाध्यताले पनि अधिकार प्रत्यारोपणमा समस्या देखा परेको औल्याए ।  त्यसै गरी उनले ‘टीआरसी’ लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच समझदारी नजिक पुगेको बताउदै अब तत्काल यो विधेयक माथी अदालतले रोकेको मुख्य चार वटा विषयहरुमा दफाबार छलफल गरी प्याकेजमा सहमति गरिने बताए ।

नेकपा (माओवादी केन्द्र) को विशेष चार महिने अभियानमा आज कोहलपुरमा आइपुगेका गुरुङले बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकाका अगुवा कार्यकर्तासँग अन्तरसंवाद समेत गरेका छन। महासचिवमा देव गुरुङ भोली विहान भूकम्प पिडित क्षेत्र  जाजरकोट रुकुम सल्यान सम्म जाने कार्यक्रम रहेको बताइएको छ ।

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech