२७ असार २०८२, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनका निम्ति बाँकेमा तिब्र तयारी
  • न्युज मानसराेवर

कोहलपुर \नागरिक उन्मुक्ति पार्टीको प्रथम केन्द्रिय महाधिवेशनका निम्ति पार्टी परिचालित भइरहेको नागरिक उन्मुत्ती पार्टीका जिल्ला सचिव भुम भण्डारीले बताएका छन।

उक्त पार्टीको प्रथम महाधिवेशन कैलालिको टिकापुरमा पुष २६ २७ र २८ गते सम्म हुने संचालन हुने बताइएको छ ।

हाल हामी महाधिवेशको निम्ति केन्द्रित छौँ भण्डारीले भने । हाल वडा अधिवेशन मार्फत महाधिवेशन प्रतिनिधिहरु चयन भइरहेको जानकारी समेत गराए । त्यसैगरी उक्त पार्टीले अधिवेशनका लागि ,पालिका , जिल्ला , तथा प्रदेशहरुमा अधिवेशनहरु संचालन गरिरहेको भण्डारीले न्यूजमानसरोबरलाई जानकारी गराएका छन। हाल सम्म बाँके जिल्लाका २७ वटा वडाहरुमा महाधिवेशन प्रतिनिधि छनोट भइसकेको छ ।

प्रतिनिधि छनोट प्रक्रियामा भने भूगोल र जनसंख्याको आधारमा प्रतिनिधि छनोट गरिएको बताइएको छ ।

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech