१० बैशाख २०८२, बुधबार

देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात
  • न्युज मानसराेवर

बाँके\नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ।

भन्सार विभागका अनुसार पेट्रोलियम आयात कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ।भन्सार विभागको तथ्यांक अनुसार नेपालले पाँच महिना (साउन–मंसिर)मा एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ।

जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ।

चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ करोड ८२ लाखको पेट्रोल, २० अर्ब ६५ करोड ५८ लाख ३० हजारको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ। यस्तै, ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजारको डिजेल र एक अर्ब १२ करोड ४५ लाख ९३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ। सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech