८ मंसिर २०८१, शनिबार

सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्डः त्रिभुवन माविको वर्चस्व
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयले आफ्नो बर्चस्व कायमै राखेको छ ।कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा जारी प्रतियोगितामा त्रिभुवन माविले करातेमा छात्रातर्फ ५२ केजी र छात्रातर्फको ४५ केजीमा प्रथम स्थान हासिल गरेको छ ।

यस्तै डायनामिकले करातेमा छात्रातर्फको ४० केजी तौलमा प्रथम र ५० केजी तौलमा भने तृतीय स्थान हासिल गरेको छ भने जनज्योति माविले ५० केजी तौलमा प्रथम भएको छ ।यस्तै बालज्योति माविले करातेमा छात्रतर्फ ४२ केजी तौलमा प्रथम भएको छ भने कोहलपुर बागेश्वरी माविले ४७ केजी तौलमा प्रथम भएको छ । यस्तै ८ सय र १५ सय मिटरे दौडमा छात्र र छात्रा दुवैमा त्रिभुवन माविले वाजी मारेको छ ।

यस्तै गोर्खा यूनाईटेडले १०० मिटर दौडमा छात्रातर्फ प्रथम भएको छ भने छात्रतर्फ बालविद्या मावि प्रथम भएको छ । यस्तै छात्रातर्फको भलिबलमा ज्ञानज्योति मावि, त्रिभुवन मावि, बाल विद्या मावि क्वाटर फाइनलमा पुगेको छन् भने छात्रतर्फको ब्राइटलाईट मावि र कृष्ण मावि क्वाटर फाइनलमा पुगेका छन् ।

यस्तै छात्रातर्फको कपडीमा कृष्ण मावि, सगरमाथा मावि, त्रिभुवन मावि र नेपाल राष्ट्रिय माविक्वाटर फाइनलमा पुगेका छन् भने छात्रतर्फ राम जानकी मावि, वेस्टर्न मावि, कृष्ण मावि, राम मावि, डायनामिक मावि, पञ्चमुखी मावि, ज्ञानज्योति मावि, निम्बल मावि क्वाटर फाइनलमा पुगेका छन् ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

यस्तै प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि भएका छन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech