११ मंसिर २०८१, मंगलवार

सरकार असफल भयो,अब दवाव सिर्जना गछौँ एमालेःमहासचिव पोखरेल
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन् । अब एमालेले जनतालाई साथमा लिएर सरकारमाथि दवाव सिर्जना गर्दै मिसन ८४ को तयारीमा लाग्ने उनले बताए ।

प्रेस चौतारी बाँकेले नेपालगन्जमा सोमबार गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारलाई जनताले असक्षम घोषणा गर्ने समय आएको बताए । ‘हरेक दृष्टिकोणबाट यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ, कुनैपनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन,’ पोखरेलले भने ।

एकातिर परिवर्तनको मुल्य र मान्यताका आधारमा सरकार अगाडी बढ्न नसकेको अवस्था रहेको र अर्कोतिर सरकारको रवैयाका कारण अतिवादी शक्तिहरुले टाउको उठाउने मौका पाएको उनले बताए । सरकारकै असक्षमताका कारण देश बैदेशिक शक्तिहरुको चलखेल गर्ने क्रिडास्थल बनेको आरोप पनि लगाए ।

‘भर्खरै भारतीय विदेशमन्त्री आएको बेला सरकारले एउटा परियोजनामा बजेटरी प्रणाली भन्दा बाहिर गएर २० करोडसम्म खर्च गर्न दिने भनि हस्ताक्षर गरेर आफु निरिह र असक्षम भएको प्रमाणित गरेको छ,’ लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका उनले भने ।

गठबन्धनको सँस्कृतिले देश अगाडी बढ्न नसक्ने जनाउँदै यो सँस्कृतिकै कारण सबैभन्दा बढी जनादेश भएको पार्टी र दलले जनताको सेवा र देश विकास गर्न नपाउने अवस्था आउने गरेको बताए । एमालेलाई सत्तामा जाने कुनै हतार, लोभ र लालच नरहेको उनले प्रष्ट पारे ।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकिकरण बारे पत्रकारले सोधेको प्रश्नमा उनले एक पटक गरिएको गल्ती पटक-पटक दोहोरयाउनु मुर्खता बाहेक केही नहुने प्रष्ट्याए । पार्टी एकिकरणको कुनै पनि संभावना नरहेको महासचिव पोखरेलको भनाई छ ।

पत्रकार भेटघाटका क्रममा एमालेका पोलिटव्युरो सदस्यद्धय सुजिता शाक्य र खेममान खड्का, पार्टी केन्द्रिय सदस्य मोहम्मद हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, सुर्य ढकाल लगायतको उपस्थिती रहेको थियो ।

  • १ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech