बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा माघी मिलन तथा प्रदेश सभा कोल्ड कप २०८० सञ्चालन हुने भएको छ । बानियाभार स्मार्ट क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।बाँके निर्वाचन क्षेत्र ३(१) अन्तर्गत बैजनाथ -४ विकासनगर स्थित (नवनिर्मित खेलकुद मैदान) परिसरमा भोलि दिउँसो १ बजे उद्घाटन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता बारे संक्षित प्रतिक्रिया दिदै बाँके निर्वाचन क्षेत्र ३ (१) का लुम्बिनी प्रदेश सांसद रत्न खत्रीले युवाहरुलाई खेल प्रति रुचि विकास गर्दै समृद्ध र सुशासन निर्वाचन क्षेत्र समाजको परिकल्पना मुख्य देह रहेको उल्लेख गरे ।
खत्रीले खेल क्षेत्रको विकासमा प्रदेश सभा कोल्ड कप २०८० प्रतियोगिताले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन। प्रदेश सभा सदस्य गोल्ड कप -२०८०” कार्यक्रममा सहभागिताको लागि आम नागरिकहरुलाई अपिल समेत गरिएको छ ।