११ मंसिर २०८१, मंगलवार

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
  • न्युज मानसराेवर

काठमाडौँ:हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाकोसमेत सम्भावना छ।त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech