नेपालगन्ज: बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।
छात्रतर्फ कृष्ण माविले बाल विद्या र नेपालगञ्ज मोडेल एकेडेमीले राम जानकी माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आदर्श स्कूलले नियम विपरित खेलाडी खेलाएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । आदर्श बाहिरिएपछि उसको स्थानमा बालविद्या मावि कोहलपुरले खेल्ने अवसर पाएको थियो ।
आइतबार बाल विद्यालाई कृष्ण माविले ट्राइबेकरमा ३–२ गोलले पराजित गरी सेमिफाइनमा प्रवेश गरेको छ । निर्धारित समयमा एक/एक गोल भएको थियो । कृष्ण माविले शंकर चन्दको गोलले ७ मिनेटमै अग्रता लिएको थियो । बाल विद्याका सन्देश न्यौपानेले ४८ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याउनु भएको थियो ।
त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट गरियो । जसमा कृष्ण माविका शंकर चन्द, सन्दीप परियार र मोहित थापाले गोल गर्नु भयो । कृष्ण श्रेष्ठ, विशाल बाह्रघरे र निर्मल परियारले गोल गर्न सक्नु भएन् ।
बाल विद्याका शिशिर थापा र कुशल घर्तिमगरले गोल गर्नु भयो भने प्रतिक सुनार, निर्मल परियार, राज थापामगर र कृष्ण पुरीले गोल गर्न सक्नु भएन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका कृष्ण माविका नविन विक म्यान अफ द म्याच घोषित हुनु भयो । उहाँलाई संघीय सांसद, नेपालगन्ज उप–महानगरपालिकाका निवर्तमान मेयर तथा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले पुरस्कृत गर्नु भयो ।
अर्को खेलमा मोडेलले रामजानकीलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको थियो ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । मोडेलका योगेश शाही ठकुरी, निकेश सिंह र रुपेश बोहराले गोल गर्नु भयो । विनोद शाही, निश्चल पुनमगर र रोशन चौधरीले गोल गर्न सक्नु भएन । राम जानकीका रिजन कठायत र गणेश आलेले मात्रै गोल गर्नु भयो । अनिल रानामगर, अमित थापा, सागर दर्लामी र महेश विकले गोल गर्न सक्नु भएन ।
नेपालगन्ज मोडेलका निश्चल पुनमगर म्यान अफ म्याच घोषित हुनु भयो । उहाँलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका अध्यक्ष टेकेन्द्र मल्लले पुरस्कृत गर्नु भयो । अब सेमिफाइनलमा सोमबार नेपालगन्ज सेन्ट जेभियर्सविरुद्ध जयबागेश्वरी स्कूलले प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा नेपालगन्ज मोडेलविरुद्ध कृष्ण माविको खेल हुनेछ ।
छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । मोडेलले मंगलप्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयमा २५ मिनेटमै निरुता शाहीको गोलबाट मंगलले अग्रता लिएको थियो । मोडेलका चमेली चौधरीले ३३ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याउनु भएको थियो ।
ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभा शाही र आरुसी भट्टराईले गोल गर्नु भयो । मंगलको उर्वसी शाहीले मात्रै गोल गर्नु भयो । निरुता शाही, झुमा थारु र विनिता बुढाले गोल गर्न सक्नु भएन । नेपालगन्ज मोडेलकी गोलकिपर आरुसी भट्टराई ओमन अफ द म्याच घोषित हुन भयो । उहाँलाई एन्फाका पूर्वउपाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले पुरस्कृत गर्नु भएको थियो ।
अर्को खेलमा जनसेवा मावि गिजरा डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जनसेवाकी पुष्पा कामी र शुभेच्छा बोहराले १–१ गोल गर्नु भयो ।
पुष्पा कामी ओमन अफ द म्याच घोषित हुनु भयो । उहाँलाई नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले पुरस्कृत गर्नु भयो । प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।