२१ असार २०८२, शनिबार

नेपालगन्जमा भेरी साहित्य समाजको अधिवेशन सुरु
  • न्युज मानसराेवर

नेपालगन्ज : भेरी साहित्य समाज केन्द्रीय समितिको सातौं अधिवेशन नेपालगन्जमा सुरु भएको छ । समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाको सभापतित्वमा सुरु भएको अधिवेशनमा समाजका चरित्रा शाहले स्वागत गरेकी छन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्बसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा समाजका महासचिव लेकप्रसाद प्याकुरेलले सांठनिक प्रतिवेदन प्रस्तुत गरेका छन ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने बताइएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा साहित्यकार, पत्रकार, लेखक लगायतको सहभागिता रहेको छ । कार्यक्रम अहिले जारी रहेको छ  ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech