११ मंसिर २०८१, मंगलवार

महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बस कपिलबस्तुमा दुर्घटना कम्तिमा पनि १० जनाको मृत्यु (अपडेट )

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बस दुर्घटनामा

  • न्युज मानसराेवर

कपिलबस्तु:कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना  जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक एसपी नवरत्न पौडेलले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

‘अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि चिकित्सकहरुले गरेका छन्,’ एसपी पौडेलले भने, ‘मृतकको संख्या बढ्ने सम्भावना छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको  जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

त्यस्तै भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको मृत्यु भएको छ । भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको प्रहरीले जनाएको छ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech