११ मंसिर २०८१, मंगलवार

बाँकेका विभिन्न ठाउँमा जारि पूर्वाधार निर्माणमा वजेट अभाव हुन दिन्न: मन्त्रि ज्वाला
  • न्युज मानसराेवर

नेपालगन्ज:भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाँकेका विभिन्न ठाउँमा भैरहेको पूर्वाधार निर्माणको अवलोकन गरेका छन् । शुक्रबार नेपालगन्ज आएका मन्त्री ज्वाला सडकमै पुगेर निर्माणाधिन सडकको अवलोकन गरेका हुन् ।

मन्त्री ज्वालासँग निर्माणाधिन नेपालगन्ज–गुलरिया सडक खण्डको निर्माण सम्बन्धमा छलफल पनि गरिएको थियो । हुलाकी सडक अवलोकन गरेका मन्त्री ज्वालाले समय अवागै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मन्त्री ज्वालाले विकास निर्माण कार्यका लागि बजेट अभाव हुन नदिने बताए । उनले बजेटका कारण सडक निर्माण नरोकिने बताउँदै खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक र पुल बनाइने बताएका छन् ।

विकास निर्माणमा तीन वटै तहका सरकारबिच आपसी समन्वय र सहकार्य जरुरी भएको भन्दै मन्त्रि ज्वालाले विकासलाई साझा सवालको रुपमा अघि बढाउन समेत सुझाव दिएका छन ।

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परस्पुर–गौघाट सडक खण्डको समेत स्थलगत निरीक्षण गर्दै नेपालगञ्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति हुनु र परस्पुर–गौघाट सडक निर्माणमा ढिलाइ प्रति चिन्ता प्रकट गरे ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech