८ मंसिर २०८१, शनिबार

तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेको कोहलपुरमा अन्तरक्रिया
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेले आफनो सक्रियता बढाउदै खेलाडी र प्रशिक्षकबीच आईतवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रिय महासचिव दिपराज गुरुङ ,बाँके जिल्लाका ४१ डोजाङ्ग प्रमुख, नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका पदाधिकारी लगाएतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

संघका जिल्ला अध्यक्ष प्रकाश लामिछानेलेको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशिक्षक केन्द्रीय महासचिव गुरुङले संघको केन्द्रिय निति , तरिका ,खेल र खेलाडीका चुनौति,स्थानीय सरकारसितको सहकार्य लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा राखेप बोर्ड सदस्य श्रीमान थापा मगरले खेलाडीले अनुशासन र कुशलतापुर्वक खेलेमा आफ्नो स्थानीय पालिका,जिल्ला र समग्रमा राष्ट्रको शिर उचो हुने कुरामा जोड दिए ।

गोकर्ण बहादुर शाही र जिल्ला सचिव जङ्गवीर चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रममा केन्द्रिय सदस्य हेमन्त डागी तथा राखेपका तेक्वान्दो प्रशिक्षकहरुको उपस्तिथि रहेको संघका जिल्ला अध्यक्ष प्रकाश लामिछानेले न्युज मानसरोवरलाई जानकारी दिए ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech