८ मंसिर २०८१, शनिबार

लागु पदार्थ दुब्र्यसनि बिरुद्ध कोहलपुरमा सडक कार्यक्रम

वाल वालिकाहरुले सामान्य लक्षण फरक ब्यबहार गर्न थालेमा उनीहरुको आनि बानिलाई सुक्ष्म रुपले अध्यन गर्नुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: सामुदायिक प्रहरी साझेदारी र होप फर चिल्ड्रेनको आयोजना तथा ज्ञान ज्योती माविका विद्यार्थीहरुको सहभागितामा कोहलपुरका बिभिन्न भागमा रयाली गर्दै कोहलपुरको न्युरोड चोकमा लागु पदार्थ दुब्र्यसनि बिरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ ।
लागु पदार्थ दुब्र्यसनिले ब्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरु नाटक मार्फत मञ्चन गर्दै ज्ञान ज्योती माविका विद्यार्थीहरुले समतामुलक सभ्य समाज निर्माण गर्न युवाहरु कुलतमा हैन सिर्जनात्मक काममा लाग्नु पर्ने सन्देश दिएका थिए ।
आजका युवाहरु कसरी कुलतको लतमा फस्छन भन्ने सन्देश सहितको नाटक मञ्चनलाई ईलाका प्रहरी कार्यालयका महिला प्रहरीले समेत साथ दिएका थिए ।

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ भन्ने कुराको बोध गराउन अग्रसर रहेका महिला प्रहरी समेत नाटकमा सहभागि भएका थिए ।

लागु पदार्थ दुब्र्यसनि बिरुद्धका बिभिन्न प्ले कार्ड सहित नगरका बिभिन्न भाग परिक्रमा गरि आयोजना गरिएको सडक नाटक कार्यक्रममा लागु पदार्थ सेवनबाट हुने बेफाईदा , यसले गर्ने असर र कानुनी ब्यबस्थाकाबारे प्रहरी कर्मचारीहरुले प्रबचन समेत दिएका थिए ।

पछिल्लो समय बाँके जिल्लामा बढ्दो लागु पदार्थ दुब्र्यसनि न्युनिकरणका निमित्त बाँके प्रहरी तथा मातहतका प्रहरी युनिटहरुले बार्षिक क्यालेण्डर नै बनाएर लागु पदार्थ दुब्र्यसनि बिरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि बिभिन्न चेक जाँचका क्रममा लागु औषध सेवनकर्ता, बिक्रि वितरण तथा वसार पसार गर्र्नेहरु दिनहु प्रहरीको फन्दामा पर्ने गरेका छन ।

लागु पदार्थ दुब्र्यसनिहरुलाई घरदेखि नै सुधारका कार्यमा लगाउन परिवारको नै ठुलो हात हुने भन्दै वाल वालिकाहरुले सामान्य लक्षण फरक ब्यबहार गर्न थालेमा उनीहरुको आनि बानिलाई सुक्ष्म रुपले अध्यन गरि उपचारतर्फ लाग्नुपर्ने एक प्रहरी अधिकृतले न्युज मानसरोवरलाई बताए ।

 

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech