११ मंसिर २०८१, मंगलवार

१३ वर्षीया बालिका बलात्कार आरोपमा माओवादी पूर्व लडाकु डिभिजन कमाण्डर पक्राउ
  • न्युज मानसराेवर

मकवानपुर: मकवानपुरकी एक बालिका बलात्कारको आरोपमा सिन्धुलीका पूर्व माओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा सिन्धुली मरिन गाउँपालिका–७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए । जनयुद्धको समयमा ‘प्रमोद’ नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

युद्धकालमा सांस्कृतिक विचलन गरेको भन्दै जनताका छोरा छोरीलाई मार्ने अंग भंग गराउने माओवादि नेताहरु शान्ति प्रक्रियासंगै पछिल्लो चरणमा आफै सांस्कृतिक विचलन, बिक्रिति विसंगतिमा संलग्न हुदै बदनामी कमाउदै आएका छन ।

  • ८ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech