कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा जारी नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज मंगलवार भएको फाइनल खेल बर्दियालाई पछि पार्दै सुदुरपश्चिमले बाजिगर बनेको छ ।
फागुन ४ गतेबाट नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा जारी नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को फाइनल खेल दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुर र बर्दिया नेत्रहीन क्रिकेट संघ विच भएको थियो ।
बर्दियाले टस जितेर व्याटिङ्ग रोजेपछि कन्चनपुरले बर्दियालाई ३ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएकोमा बर्दियाले जवाफि व्याटिङ्ग गर्दै ४ विकेटको क्षतिमा निधारित २० ओभमार १३७ रन बनाएको थियो । ८० रनले बर्दियालाई पछाडी पार्दै कन्चनपुर नेत्रहीन क्रिकेट प्रतियोगिता, २०२४ को विजेता भएको हो ।
१०६ रन बनाउदै कन्चनपुरका दुर्गादत्त पौडेल प्लेयर अफ दि म्याच भएका छन् । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज ३१२ रन तथा ४ विकेटको साथमा पदम वहादुर बडैला भएका छन् ।
समापन तथा पुरष्कार वितरण समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिका कार्यवाहक नगर प्रमुख लाल बहादुर रानाले विजेता तथा उप विजेता खेलाडीहरुलाई सिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गर्दै आगामी नगरपालिको बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
फोटो : सरला सुवेदी