काठमाडौं: काठमाडौँको सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी बिकले पत्नी, छोरी र नातिनीको हत्यापछि ससुरालाई फोन गरेर घटनाको जानकारी गराएको खुलेको छ।
ती महिलाका पति सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भनिने काजी बिकको पनि शव फेला परेको हो।
हत्या गरिएकी ईश्वरीले बिकसँग दोस्रो बिहे गरेकी थिइन्। मारिने ८ वर्षकी छोरी ईश्वरीका पहिलो पति पट्टीकी हुन्। नातिनी पनि पहिलो पतितिरका छोराकी छोरी भएको खुलेको छ।
बिकले हत्याअघि पत्नीको पहिलो पति पट्टीका छोरा (मारिने नातिनीका बुवा)लाई पसलमा सामान किन्न पठाएका पाइएको छ। छोरालाई सामान किन्न पठाएपछि उनले तीन जनाको हत्या गरेका हुन्।
हत्यापछि उनले साेलुमा बस्दै आएका ससुरा र सामान किन्न जाने साैतेलाे छोरालाई पनि फोन गरेर ‘मैले तेरी आमा, बहिनी र छोरीको हत्या गरेँ। अब म पनि मर्दैछु’ भन्ने जानकारी गराएका पाइएकाे छ। हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीको भनाई छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।