कोहलपुर,बाँके: बाँकेको राप्तिसोनारी गाउँपालिका ८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका ५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै बाँकेको बैजानाथ गाउँपालिका १ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ ५ सय मिलिग्राम सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहि प्रक्रिया अगाडि बढाईएको प्रहरीको भनाई रहेको छ ।