बाँके\नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न माग राख्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टंकबहादुर धामीले उक्त ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापन पत्रमा सिमानाकालाई ब्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्ने, एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनुपर्ने, जमुनाहादेखी चौलिकासम्म गरिने चेकजाँचले भारतबाट आउने पर्यटकलाई पनि असर पुगेकाले बन्द गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।
ज्ञापन पत्र बुझाउने क्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय र शहरी विकास मन्त्री कृष्णा केसी नमुना, नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटसहित कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।