कोहलपुर,बाँके: बाँकेको कोहलपुर ८ मा रहेको नमुना विद्या सदनका विद्यार्थीहरुले विद्यालयको ११ औं बार्षिक उत्सवमा आयोजित फुड फेस्टिभलमा प्राप्त गरेको पुरस्कारको सवै रकम कोहलपुर ७ लखनावार निवासि ईन्द्रलाल थारुको उपचारार्थ उनको परिवारलाई सहयोग गरेका छन ।
लामो समयदेखी मुटु रोगबाट ग्रसित थारु शाहिद गंगालाल रास्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाण्डौमा उपचारका क्रममा रहेकाले सामाजिक उत्तरदायित्व वहन गर्दै नमुना विद्या सदनका विद्यार्थीहरुले उक्त रकम थारुको परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका कार्यकारी निर्देशक शिव डागिले न्युज मानसरोवरलाई जनाएका छन ।
थारुको परिवार बिपन्न आर्थिक अवस्थाको भएका कारण उनको उपचारमा समस्या हुदै आएको भन्दै परिवारले सहयोगको याचना गरेपछि विद्यालयमा गत फागुन ६ गते सम्पन्न फूड फेस्टिवल प्रतियोगिताको प्रथम पुरस्कार नगद राशी रू १०,००० बिजेता ग्रीन हाउसका विद्यार्थीहरु र अन्य रेड, ग्रीन, ब्लु, हाउसका बिधार्थीहरु लगाएत शिक्षक कर्मचारीहरुबाट संकलित जम्मा रकम ४२ हजार पच्पन्न रुपैया इन्द्रलाल थारुको उपचारको लागि उनकी छोरी रिता थारुलाई एक कार्यक्रमकाविच हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
स्मरण रहोस गत फाल्गुण ६ गते विद्यालयले आफनो विद्यालयको प्रांगणमा विद्यालयको वार्षिक उत्सवका अवसरमा फुड फेस्टिवल प्रतियोगिताको आयोजना गर्नुका साथै विज्ञान प्रर्दशनि समेत गरेको थियो । फुड फेस्टिभलमा सर्वोउत्कृष्ट हुने ग्रीन हाउसको नेतृत्वमा आफनो पुरस्कार र अन्य विद्यालय परिवारवाट संकलित रकम सामाजिक उत्तरदायित्व वहन गर्दै पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो ।