कोहलपुर,बाँके:नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बाँकेले जेठमा हुने आफ्नो १० औं महाधिवेशन लक्ष्यित गर्दै दुई महिने संगठन विस्तार अभियान संचालन गर्ने भएको छ। नेकपा एकीकृत समाजवादी बाँकेको पुर्ण बैठकले बाँकेका सवै स्थानीयतह र ८१ वाडमा मुख्य अभियान्ता ताेकि फाल्गुन २२ देखि ३० गते भित्र पालिकाकमिटी ,वाड कमिटी ,जनवर्गीय संगठन गठन,पुन्रगठन, अध्यावधिक गर्ने,सदस्यता वितरण गर्ने , निर्णय गरेको हो।
पुर्ण वैठकलाइ लुम्बिनी प्रदेश इन्चार्ज तथा पाटी केन्द्रीय सचिव हरि पराजुली ,प्रदेश अध्यक्ष तथा पाेलिटव्युराे सदस्य साेम प्रसाद पान्डे,केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव अशोक काेइराला,केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ लगायत बैठकलाई सम्वाेधन गरेका थिए। वैठकको अध्यक्षता अध्यक्ष इन्द्रबहादुर थापा र संचालन पाटी सचिव दिपक जि एम ले गरेका थिए।