नेपालगन्ज:मंगलबार विष सेवनपछि गम्भीर अवस्थामा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको भारती मानन्धरको स्वास्थ्यमा सुधार आएको छ ।
मंगलबार गम्भीर अवस्थामा अस्पताल पुराइएको भएपनि बुधबार साँझ सम्म स्वास्थ्यमा धेरै सुधार आएको उनको उपचारमा समन्वय गरेका पत्रकार आशिष मल्लले न्युज मानसरोवरलाई बताए । ‘हिजोभन्दा धेरै सुधार भएको छ, आज होसमा आएर चिया पनि पिउनुभयो, आफन्तलाई चिन्न थाल्नुभयो’ उनले भने । घटनाको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
मानन्धर परिवारले भारतीको विवाह नेपालगन्जकै निमा शेर्पासँग गरिदिएका थिए । अहिले भारती शेर्पासँगै रहेपनि ९ वर्षको छोरालाई निकै माया गर्दछिन् । स्थानीय क्रिष्टल बोर्डिङमा पढ्ने भारतीका ९ वर्षका छोरालाई भेट्न उनी स्कुलमै पुग्ने गर्दछिन् । तर मंगलबार विद्यालयमा पनि भेट्न नपाएको गुनासो गर्दै फर्केकी थिइन् । चेतन मानन्धरसँग विवाह गरेपनि उनको परिवारले त्यो विवाह स्वीकार गरेको थिएन ।
चेतनको हत्यापछि उनी थप विछिप्त भइन् । उनी दलित भएकै कारण परिवारले राम्रो व्यवहार नगरेको गुनासो पटक पटक गर्दै आएकी थिइन् । पछिल्लो विवाह भएका निमा शेर्पासँग सम्बन्ध राम्रो भएपनि चेतनको घटनापछि मानसिक तनाबमा रहेकाले उनको स्वास्थ्य त्यति राम्रो छैन । उनका श्रीमानले अटोरिक्सा चलाउएर जीविकापार्जन गरेका छन् ।