७ मंसिर २०८१, शुक्रबार

लागू औषध दुर्व्यसन तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं १ को आयोजना तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कोहलपुर नगरपालिका वडा नं १ मा रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा लागू औषध दुर्व्यसन तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सामुदायिक विद्यालयहरू कृष्ण मा.वि. र श्री जन ज्ञानज्योति मा.वि. कौशिलानगरका विद्यार्थिहरुमाझ लागू औषध दुर्व्यसन तथा मदिरा सेवन नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

लागू औषध दुर्व्यसनी मानव जीवनको नरसंहार, समुन्नत समाज र समृद्ध राष्ट्रको लागि सबै मिली गरौँ बहिस्कारू भन्ने मुल नाराका साथ विद्यालयस्तरमा लागू औषध दुर्व्यसन तथा मदिरा सेवन नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले बताए ।

कोहलपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको अध्यक्षतामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र दोस्रो दिन कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले प्रमुख आतिथ्यता ग्रहण गर्दै लागू औषध दुर्व्यसन सम्वन्धि विद्यार्थीहरुलाई सचेतनामुलक सन्देश प्रदान गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी र समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले सहजीकरण गरेको उक्त कार्यक्रममा पहिलो दिन २७५ र दोस्रो दिन २७५ गरी ५५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech