नेपालगन्ज:प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित नेपालगन्जबाट तीन जना पक्राउ परेका छन् । नेपालगनज उपमहानगरपालिका वडा नं. १६ चौलिका चोक नजिकैबाट जिल्ला प्रहरी कार्यालयको टोलिले १०३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।
बाँकेका एसपी सुभाष चन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा इरफान कुरेसी, रिजवान कुरेसी र मोहम्मद अलि रहेका छन् । उनीहरु सबै भारतको बहराइच सलारगन्जका स्थायीबासी हुन् ।
प्रहरीले युपी ३२ डिके ६७५१ नम्वरको गाडीमा नेपालगन्ज प्रवेश गर्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको एसपी बोहराले बताए । उनका अनुसार प्रहरीका प्राप्त गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ पर्न सफल भएका हुन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । बाँकेमा एसपी बोहरा आइसकेपछि आपराधिक घटना नियन्त्रणमा प्रहरीको टोलि सक्रिय भएको छ ।