११ मंसिर २०८१, मंगलवार

बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर (घाइतेहरूको विवरण)

दुर्घटनामा ज्यान गुमाएको सनाखत हुन बाँकी

  • न्युज मानसराेवर

हेटौडा: पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा बस दुर्घटना भएको हो।

धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएको सनाखत हुन बाँकी छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको विवरण
१) जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका १२ बेलडाडा बस्ने नवराज लामाको छोरी अं. वर्ष ९ की क्षेसन लामा, हेटौंडा सरकारी अस्पतालमा उपचार भई रहेको (अवस्था मध्यम)

२) ऐऐ बस्ने अं वर्ष ३१ को विष्णु लामा (अवस्था मध्यम)

३) जिल्ला सुनसरी, विराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर (अवस्था सामान्य)
४) जिल्ला चितवन, भरतपुर मनपा ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर चिउडोमा चोट (अबस्था सामान्य)
५) ऐऐ बस्ने अं. वर्ष ४० कि कबिता ठाकुर बायां हातमा चोट (अबस्था सामान्य)
६) जिल्ला चितवन, भमनपा १० बस्ने अं. वर्ष २८ की राखी शाह (अवस्था मध्यम)
७) ऐ. वडा नं. १० कैलाशनगर बस्ने अं. वर्ष २१ की अस्मि शाह (अवस्था सामान्य)
८) जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका १२ पदमपोखरी बस्ने अं. वर्ष २४ की सबिना घलान (अवस्था मध्यम)
९) ऐ ऐ बस्ने २४ की सबिना घलानकोअं. १८ महिनाको प्रियान्स घलान (अवस्था मध्यम)
१०) जिल्ला मकवानपुर थाहा नपा ३ बस्ने अं. वर्ष २३ की दिल कुमारी विक (अवस्था मध्यम)
११) जिल्ला धनुषा सहित नपा २ बस्ने अं. वर्ष ३२ कि प्रिंयका यादव टाउको र खुट्टामा चोट (अबस्था मध्यम)
१२) ऐऐ बस्ने अं. वर्ष ४१ को रन्जित यादब कम्मरमा चोट (अबस्था सामान्य)
१३) ऐऐ बस्ने अं. वर्ष ६५ कि शान्ति देवी यादव छात्तिमा चोट अनुहार (अबस्था मध्यम)
१४) जिल्ला पर्सा वीरगंज श्रीपुर बस्ने अं. वर्ष ५० को दुखन खातुन बायाँ हातमा चोट (अबस्था सामान्य)
१५) ऐऐ बस्ने अं. वर्ष ५ कि जोया खातुन हात र खुट्टामा चोट (अबस्था सामान्य)
१६) जिल्ला सर्लाही हरिवन न.पा. ८ बस्ने अं. वर्ष ४३ को पर्वत भट्टराई नाकमा छात्तिमा चोट (अबस्था सामान्य)
१७) जिल्ला सर्लाही बस्ने अं. वर्ष १६ कि रेनुका खड्का ढाडमा चोट (अबस्था मध्यम)
१८) जिल्ला सर्लाही लालबन्दी बस्ने अं. वर्ष २६ कि निशु खड्का अनुहारमा चोट (अबस्था गम्भीर)

सामान्य घाइते भई उपचार पश्चात घर पठाइएको
१) जिल्ला सर्लाही हरिपुर नपा २ बस्ने अ. वर्ष ४२ को रितेश पुलामिको टाउको र खुट्टामा (सामान्य चोट)
२) जिल्ला धनुषा जनकपुर उमनपा १४ बस्ने अ. वर्ष ४३ को जाकिर हुशेनको हात र खुट्टामा (सामान्य चोट)
३। ऐऐ १ बस्ने अ. वर्ष १६ की अन्जलि शाहको हात र खुट्टामा (सामान्य चोट)
४) जिल्ला सर्लाही कबिलासी गापा ८ बस्ने अ. वर्ष ४८ की मिना महतोको हात र खुट्टामा (सामान्य चोट)
५) जिल्ला मोहत्तरी बर्दिवास नपा २ बस्ने अ. वर्ष ३० को अर्जुण ठाकुरको हात र खुट्टामा (सामान्य चोट)

  • २३ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech