कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा एक युवक आफनै कोठाभित्र मृत अवस्थामा फेला परेका छन । कोहलपुर ६ बुद्धचोक स्थित आफ्नै काकाको घरमा बस्दै त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरमा कक्षा ११ मा अध्यनरत बर्ष १७ का अरुण आचार्य काकाको घरको कोठामा पंखामा झुन्डिएको फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
जाजरकोट घर भएका आचार्य कोहलपुरमा रहेको आफनै काकाको घरमा बस्दै अध्यन गर्दै आएका थिए । प्राराम्भिक अनुसन्धानमा प्रेम सम्बन्ध का कारण आत्महत्या गरेको अनुमान गरिएपनि पुष्टि हुने आधार भने प्रहरीले फेला पारी सकेको छैन ।
घटनाको मुचुल्का उठाई थप अनुसन्धान जारीरहेको कोहलपुर प्रहरीले जनाएको छ भने मृत आचार्यको शवलाई पोष्ट मार्टमकालागि भेरी अस्पताल पठाईएको प्रहरीको भनाई रहेको छ ।